वार्सटाइनर बियर नबेच्न रेष्टुरेन्टलाई टुबोर्गको ५० लाख


ठमेलको एक बारका सञ्चालकले वार्सटाइनर बिक्री नगर्न टुबोर्गले मासिक एक लाख रुपैयाँसम्म दिएको बताए ।
‘टुबोर्गले स्किम र अफर दिएको छ, क्यास पनि हुने भएकाले जुनमा नाफा हुन्छ त्यही बियर बिक्री गर्छाैं,’ उनले भने ।
गत शनिबार दरबारमार्गमा स्ट्रिट फुड फेस्टिभल भयो । फेस्टिभलको मुख्य प्रायोजक थियो भर्खरै बजारमा आएको वार्सटाइनर बियर । फेस्टिभलका हरेक स्टलमा वार्सटाइनरको बियर र सडकमा वार्सटाइनरको फ्लेक्स थियो । तर फेस्टिभल बाहिरका रेष्टुरेन्ट र सडकमा टुबोर्ग र काल्र्सबर्गका प्रतिनिधिको बाक्लो उपस्थिति थियो । बियरको बजारमा दुई अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिस्पर्धामा यति हुनु सामान्य हो ।

जर्मन ब्रान्डको नेपालमा उत्पादन र बजारीकरण हुन थालेपछि टुबोर्गले आफ्नो बजार हिस्सा गुम्ने डरले विभिन्न स्किम र अफर चलाउन थालेको छ । दरबारमार्गको महोत्सवमा त्यही दिनलाई मात्र लक्षित गरेर टुबोर्गले दरबारमार्गका आसपासका एकदर्जन रेष्टुरेन्टमा ३ बोतल टुबोर्ग बियरमा एउटा निशुल्क अफर चलायो । वार्सटाइनरको बिक्री नबढोस् भनेर नै टुबोर्गले फेस्टिभललक्षित कुनै सानो ठाउँविशेषका लागि मात्र स्किम चलायो ।

दरबारमार्गको पोताला रेष्टुरेन्टका प्रबन्धक किशोर श्रेष्ठले टुबोर्गले फेस्टिभललक्षित स्किम दिएको बताए । ‘आजमात्र स्किम दिएको हो, सोर्मबर्सीमा पनि एउटा किन्दा अर्काे निशुल्कको अफर छ’, उनले भने । श्रेष्ठसँग कुराकानी गर्दा रेष्टुरेन्टभित्र वार्सटाइनर र टुबोर्गका प्रतिनिधिहरु पनि थिए । काल्र्सबर्ग र टुबोर्गले दरबारमार्गकै पीबीएन स्टोर्समा पनि सोही दिन स्किम चलाएका थिए । अघिपछिको मूल्यभन्दा छुट गरेर काल्र्सबर्ग र टुबोर्गको बिक्री भैरहेको थियो ।

वार्सटाइनरसँगको प्रतिस्पर्धा देखिन थालेपछि टुबोर्ग र काल्सबर्गले ठमेल, दरबारमार्ग र काठमाडौंका अन्य ठूला रेष्टुरेन्टमा समेत विभिन्न स्किम र अफर दिएका छन् । ठमेलको एक बारका सञ्चालकले वार्सटाइनर बिक्री नगर्न टुबोर्गले मासिक एक लाख रुपैयाँसम्म दिएको बताए । ‘टुबोर्गले स्किम र अफर दिएको छ, क्यास पनि हुने भएकाले जुनमा नाफा हुन्छ त्यही बियर बिक्री गर्छाैं,’ उनले भने । ठमेलका पर्पल हेज, रेगा बार, टम एन्ड जेरी पबलगायतमा टुबोर्गले वार्सटाइनरलाई प्रवेश नगराउन विभिन्न अफर र स्किम दिएको छ ।
वार्सटाइनर बियर नबेच्न रेष्टुरेन्टलाई टुबोर्गको ५० लाख !
नेपालमा वार्सटाइनर उद्योगको उद्घाटनपछि पत्रकार सम्मेलनमा राज बु्रअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले वार्सटाइनर बियर रेष्टुरेन्टभित्र नछिराउन अर्काे बियरले ५० लाखसम्म दिने गरेको बताएका थिए । सानो रेष्टुरेन्टलाई पनि महिनाको एक लाखसम्म दिएको छ, उनले भनेका छन् । तर उपभोक्ताको रोजाइ र स्वादलाई कसैले पनि रोक्न नसक्ने उनले बताए । क्यापिटल नेपालसँग कुरागर्दै शाहले टुबोर्ग र काल्सबर्गले वार्सटाइनर रोक्न खोजेको बताए ।

रेष्टुरेन्टमा दिएको अफर र दुई बियरबीचको प्रतिस्पर्धाका विषयमा नेपालको काल्सबर्ग र टुबोर्गलाई बुझ्न खोज्दा कुनै प्रतिक्रिया आएन । हामीले यो विषयमा सम्बन्धित कम्पनीलाई इमेलमार्फत प्रश्न पनि सोधेका थियौं । जवाफ आइपुगेको छैन ।कान्तिपुर समाचार पत्रिका ekantipur news कान्तिपुर समाचार दैनिक नेपाली समाचार dainik nepal नेपाल समाचार पत्र online news nagarik news

0 Response to "वार्सटाइनर बियर नबेच्न रेष्टुरेन्टलाई टुबोर्गको ५० लाख "

Post a Comment

Thanks for your valuable feedback.... We will review wait 1 to 2 week 🙏✅

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel